नेबर्सको सदस्यता नवीकरण बारेमा सूचना

 

नेपाली बर्गेन समाज «नेबर्स» झन्डै एक दशक देखि बर्गेनवासी नेपालीहरुको हित, सम्बन्ध विकास, नेपाली संस्कृतिको जगर्ना तथा अन्तरास्त्रिय प्रचार र सामाजिक सेवामा कार्यरत रहदै आएको जानकारी गराउन चाहन्छौ । यस महत्वपुर्ण कार्यको निरन्तरताको निम्ति तपाईहरु सबैको अमुल्य सहयोग नेबर्सलाई अपरिहार्य छ । तसर्थ सहयोग स्वरुप बर्गेनमा रहनुहुने महानुभावहरुलाई नेबर्सको नयाँ सदस्यता लिइदिनहुन अथवा सदस्यता नविकरण गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ । यस वर्ष सन २०१६ कोलागि सदस्यताशुल्क यसप्रकार तोकिएको छ । 

१। वयस्क (१८ वर्ष वा माथि) :१०० क्रोनर  

२। बाल-बालिका (१२-१७ वर्ष सम्म) :५० क्रोनर  

३। बाल-बालिका (१२ वर्ष मुनिका) :निःसुल्क 

कृपया सदस्यताशुल्क नेपाली बर्गेन समाजको खाता नंः १५०३२९९८००० मा पठाउनु होला! बैंक खातामा पैसा पठाउन नमिलेमा अथवा नसकिएमा नेबर्सलाई सम्पर्क गर्नु होला । 

सदस्यताशुल्क तथा अन्य श्रोतबाट उठेका सम्पूर्ण रकम हामी नेपालिहरुको साँस्कृतिक पर्व तथा कार्यक्रम् र सामजिक हितकानिम्ति खर्च गरिने जानकारी गराउन चाहन्छौ । यस सुचनासँगै आउँदो बुधवार सु-सम्पन्न हुन गइरहेको महान चाँड होलिमा सह्भागि भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। 

Legg igjen en kommentar

Din e-postadresse vil ikke bli publisert. Obligatoriske felt er merket med *